RE
Global College

नेपाली युवा अमृत झा इरानी सेनाको कब्जामा

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति  अमृत झा रहेको बताइएको  छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएकाे थियाे। साेहि क्रममा उनी पनि परेका हुन् ।पक्राउ परेकाे विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।

NECO

Leave Your Comment

Related News