RE
Global College

ओली र लेखक पक्राउप्रति अनेरास्ववियुको कडा आपत्ति, देशभर प्रतिकार गर्ने चेतावनी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कडा आपत्ति जनाएको छ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस कदमलाई राजनीतिक पूर्वाग्रह र कानुनी राज्यको उपहासको संज्ञा दिएको छ।

सरकार गठन भएको २४ घण्टा पनि नबित्दै शीर्ष नेताहरूमाथि गरिएको यस प्रकारको व्यवहारले वर्तमान सरकारको नियत प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News