काठमाडौं । विवादस्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको सीआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठले इक्विटी नेपाललाई जानकारी दिए । यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको छ । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको थियो । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ ।
विवादस्पद व्यवसायी दीपक भट्ट पक्राउ


