CLI
Global College

नासाको नयाँ मिशनः चन्द्रमातर्फ मानवताको ठूलो कदम

फ्लोरिडा। नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ उडेका छन् । यो मानव इतिहासमा पचास वर्षपछि चन्द्रमाको नजिक पहिलो यात्रा हो ।

उनिहरूले पृथ्वीको वरिपरि २५ घण्टा बिताएपछि चन्द्रमातर्फको मार्गतर्फ बढेका हुन् । यसले मानिसलाई पृथ्वीको नजिकको कक्षबाट मुक्त गर्दै चार लाख किलोमिटर टाढा चन्द्रमातर्फ पठाएको छ ।

नासाका निर्देशकले पत्रकार सम्मेलनमा भने, “यो सन् १९७२ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षाबाट बाहिर यात्रा गरेका छन् ।” क्यानाडाका अन्तरिक्षयात्रीले भन्नुभयो,“हामी सबैले क्याप्सुलको झ्यालबाट पृथ्वीलाई पछाडि छोड्दै अनौठो दृश्य अवलोकन गरिरहेका थियौं ।

यो अनुभव अविस्मरणीय छ ।” आर्टेमिस–२ परीक्षण उडानले नासाको भविष्यका ठूलो योजनाहरूको सुरुवात गरेको छ । यसले चन्द्रमामा दीर्घकालीन बासस्थान र मानव बसोबासको तयारीको मार्ग खोल्नेछ । कमाण्डर, पाइलट र अन्य दुई अन्तरिक्षयात्रीले चन्द्रमाको वरिपरि उडान गरेर फिर्ता आउँछन् ।

यस क्रममा उनीहरूले अपोलो मिशनका दूरी रेकर्ड तोड्नेछन् र पुनः प्रवेश गर्दा सबैभन्दा छिटो गति हासिल गर्न सक्छन् ।

Leave Your Comment

Related News