काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसर सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस, दिन चाँदी पनि २०५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार चाँदि प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।


