काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढ्दा ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो। चाँदी पनि यस दिन १५५ रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँ थियो।


