CLI

द्धन्द्धका बाबजुद सरकारले खाडी मुलुकका लागि खुल्ला गर्यो पुन: श्रम स्वीकृति

काठमाडौं । मध्यपूर्वका द्धन्द्धकाबीच सरकारले खाडी सहितका   मुलुकमा पुनः श्रम स्वीकृति खुल्ला गरेको छ । श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति साउदी अरेविया, संयुक्त अरब इमिरेट्स , कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृती सूचारु गरिएकोमा बाँकी देशहरु इजरायल, कुवेत, वहराइन र लेवननका खुल्ला गरेको बताएको छ ।

अमेरिका, इजरायल र इरानद्धन्द्धका बीच सरकारले पुन: श्रम स्वीकृति खुलाएको हो ।

मन्त्रालयले १७ चैतको मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा रहेका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति वैदेशिक रोजगार विभागबाट प्रदान गर्न लागिएको हो । इराकको हकमा भने श्रम स्वीकृति खुल्ला गरिएको छैन ।

 

Leave Your Comment

Related News