RE
Global College

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता

काठमाडौं । मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.का कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा. राणाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रभु बैंकका कर्मचारीले एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा अधिकतम १८ प्रतिशतसम्म छुट पाउनेछन् भने बैंकका ग्राहकले ८ देखि १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्। साथै क्रेडिट कार्ड प्रयोगकर्ताले इन्स्टापे मार्फत किस्ताबन्दी सुविधा पनि उपयोग गर्न सक्नेछन्।

नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टमले यो छुट सुविधा आफ्ना आउटलेटमार्फत उपलब्ध गराउने जनाएको छ।

प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित सेवा विस्तार गर्दै आएको जनाएको छ।

NECO

Leave Your Comment

Related News