CLI

प्रधानमन्त्री कार्यालयले माग्यो मन्त्रालयका गाडी कसले चढिरहेको विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन आग्रहसहित पत्र पठाएका हुन् ।

‘… मन्त्रालय र अन्तर्गत विभाग/कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण दयार पारी यस कार्यालयमा मिति ०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’ पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण पठाउँदा सवारीको ब्रान्ड, सवारी साधन नम्बर, डिजेल/पेट्रोल/विद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था पनि खुलाउन भनिएको छ ।

Leave Your Comment

Related News