CLI

जापान फाउन्डेशन र जापान फाउन्डेशन सेन्टरसँग उच्चस्तरीय भेटवार्ताले नेपाल–जापान सहकार्य सुदृढ

टोकियोपूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले टोकियोस्थित जापान फाउन्डेशन र जापान फाउन्डेशन सेन्टरसँग सोही दिन उनीहरूका कार्यालयहरूमा उच्चस्तरीय भेटवार्ता गरेकि छिन्। उक्त भेटवार्ताले सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी संवादलाई अघि बढाएको छ।

जापानको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको तथा २५ भन्दा बढी देशहरूमा विश्वव्यापी उपस्थिति रहेको संस्थाका रूपमा परिचित जापान फाउन्डेशनसँगको बैठकमा नेपाल–जापान सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित छलफल भएको थियो। दुवै पक्षबीच सांस्कृतिक कूटनीति, शैक्षिक आदान–प्रदान तथा बौद्धिक सहकार्यका क्षेत्रमा सहकार्यका अवसरहरूबारे विचार–विमर्श भयो।

पूर्वराजदूत डा. ढकालले इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लाेमेसी डाइलग (आइआरजीडीडी) को भूमिकाबारे प्रकाश पार्दै नेपाल र जापानबीच सांस्कृतिक कूटनीति सुदृढ गर्न संयुक्त रूपमा काम गर्ने साझा रुचि व्यक्त गरिइन।

यसअघि राजदूत डा. ढकालले जापान फाउन्डेशन सेन्टर (जेएफसी) को पनि भ्रमण गरेकि थिइन। जापानका करिब ३०० परोपकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने अग्रणी मञ्चका रूपमा रहेको उक्त केन्द्रसँगको छलफल जापानको परोपकारी परिदृश्यबारे समझदारी अभिवृद्धि गर्ने तथा विकास सहकार्य, अनुसन्धान र विश्वव्यापी संवादजस्ता क्षेत्रमा सदस्य फाउन्डेशनहरूसँग सम्भावित साझेदारीको खोजीमा केन्द्रित थियो।

आइआरजीडीडी सह–संस्थापक विमल ढकालले पनि बैठकहरूमा सहभागिता जनाउँदै जापान र नेपालबीच संस्थागत साझेदारी प्रवर्द्धन तथा संयुक्त पहलहरू विस्तार गर्ने विषयमा आफ्नो धारणा राखे।

यी उच्चस्तरीय भेटवार्ताहरूले सांस्कृतिक, बौद्धिक तथा विकासमुखी सहकार्यमार्फत नेपाल–जापान सम्बन्ध थप गहिरो बनाउने प्रतिबद्धता झल्काउँछन्।

 

Leave Your Comment

Related News