काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउन–चैत) मा ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएको छ । चालु आवको यस अवधिमा ६१५ वटा उद्योग दर्ता हुँदा उक्त प्रतिबद्धता रकम जनाएको हो।
दर्ता भएका ६१५ उद्योगमध्ये सबैभन्दा बढी सूचना प्रविधिमूलक (आइटी) क्षेत्रका रहेका छन्। तथ्याङ्कअनुसार सूचना प्रविधि क्षेत्रमा ३४६ वटा उद्योग दर्ता भएका छन् भने दोस्रो स्थानमा रहेको पर्यटनमूलक क्षेत्रमा १६४ वटा उद्योग दर्ता भएका छन्।
सेवामूलक क्षेत्रमा ४७, उत्पादिमलुक क्षेत्रमा ३८, कृषिमूलक क्षेत्रमा १६, उर्जामूलक क्षेत्र र खनिज क्षेत्रमा २ वटा उद्योग दर्ता भएका छन् । त्यसतै, हाल सम्म पूर्वाधारमुलक क्षेत्रमा लगानि शुन्य रहोक छ ।
उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुट’मार्फत ४२६ उद्योगमा ४ अर्ब ९ करोड रुपैयाँ र साधारण ‘अप्रुभल रुट’मार्फत १८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
यी उद्योगहरू सञ्चालनमा आएपछि २२ हजार ३१६ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
चैत महिनामा मात्रै ६१ वटा उद्योगमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। चैतमा अटोमेटिक रुटमार्फत ४९ उद्योगमा ६६ करोड ८ लाख रुपैयाँ र अप्रुभल रुटमार्फत १२ उद्योगमा ४६ करोड ८४ लाख रुपैयाँ लगानी सुनिश्चित भएको हो। समीक्षा अवधिमा ५९९ साना, ८ मध्यम र ८ ठूला उद्योगमा एफडीआई प्रतिबद्धता दर्ता भएको छ।
त्यसतै, लाभांश-रोयल्टी फिर्ता भने बढेको छ । चालु आवमा १६ अर्ब ८१ करोड रुपैयाँ लाभांश फिर्ता लगेका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ३१ करोड रुपेयाँले बढी हो ।गत आवमा ९ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ रोयल्टी फिर्ता लगेको थियो ।


