RE
Global College

रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो ।

यस निर्णयसँगै नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ। कांग्रेसले यसअघि नै समितिको नेतृत्वका लागि उम्मेदवारी दिने संकेत गरिसकेको थियो। कांग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सभापतिमा दाबी रहने बताएका थिए।

कांग्रेसभित्र सभापतिका लागि भीष्मराज आङ्देम्बे, निष्कल राई लगायतका नेताहरूको नाम चर्चामा रहेको छ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति बनेका थिए। एमाले र कांग्रेसबीच सरकार गठन भएपछि सत्तापक्षकै नेताले लेखा समितिको नेतृत्व लिएको भन्दै आलोचना भएको थियो।

NECO

Leave Your Comment

Related News