CLI

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । विहीबार नेपाल सट्क एकसेन्ज (नेप्से) ३३.८३ अंकले बढेको छ । बजार २८३३.०३ विन्दुमा पुगेरा बन्दा भएको छ ।३४२ वटा कम्पनीको १ लाख ११ हजार ६०७ पटक्को कारोबारमा २ कारोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ९ अर्ब ३१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकम घटेको छ । बुधबार कारोबार रकम  १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ०.९१ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.१७ अंकले घटेको छ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.९६ अंक घटेको छ ।

यस दिन सबै उप समूह घटेका छन् । बैंकिङ ०.८० प्रतिशतले,विकास बैंक १.१५, वित्त १.९८, होटल्स तथा पर्यटन समूह ०.५०, जलविद्युत १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन र प्रशोधन १.५४, लघुवित्त ०.७१, म्युअुचल फण्ड ०.१४ निर्जीवन बीमा १.२८, अन्य समूह १.९० र व्यापार समूह १.०१ प्रतिशतले घटेका छन्।

यस दिन ५ सेयर १० प्रतिशतले बढेको छ ।रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको छ। यस दिन मूल्य बढेका अन्य सेयरहरु  भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८० लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको साढे ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम  ५१ करोड ६० लाख  रुपैयाँ नाघेको छ।

 

Leave Your Comment

Related News