CLI
Global College

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकने छन् ।

यसरी ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नुहुने बैंकले विश्वास लिएको छ । 

Leave Your Comment

Related News