CLI

टक्सार पिखुवाले भोलि आइपीओ बाँडफाँड गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले शुक्रबार प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) बाँडफाँड गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेको नेपालीहरुको लागि निष्काशित साधारण शेयर बाँडफाँड गर्न लागेको हो ।

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा शुक्रबार साधार शेयर बाँडफाँड गरिने हो ।

कम्पनीले फागुन २७ गते आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५।२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो सेयर खरिदका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिएका हुन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनु पर्ने थियो ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Leave Your Comment

Related News