CLI

६.०८ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको नाफा

काठमाडौं । आरएसडीसी लघुवितले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी घटामा छ । सो वित्तीय विवरण अनुसार गत आवको सोही आवधिको तुलनामा नाफा ६.०८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ६ करोड ९८ लाख रुपैयाँ थियो । भने चालु आवमा लघुवित्तको खुद नाफा घटेर ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड ५१ लाख रुपैयाँबाट १३.३५ प्रतिशतले घटेर १५ करोड २७ लाख रुपैयाँमा झरेको छ । उक्त आम्दानी घटेको कारण नाफा घटेको हो । आम्दानीमा गिरावट आएसँगै सञ्चालन नाफा पनि १० करोड १४ लाख रुपैयाँबाट ६.६९ प्रतिशतले घटेर ९ करोड ४६ लाख रुपैयाँमा पुगेको छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ रहेको छ। यस लघुवित्तको प्रतिसेयर आम्दानी ८.४६ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२४.०७ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News