CLI
Global College

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी कार्यक्रम सञ्चालन भएका साझेदार विद्यालयका उत्कृष्ट विद्यार्थीलाई डिजी अवाड्र्सबाट सम्मानित गरेको छ । अभिभावकहरु सहितको उपस्थितीमा आयोजित सा कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावनाको विकास गराउनु, सूचना प्रविधिमा रहेका अथाह सम्भावनाहरूको खोजी गर्नु र कक्षाकोठाको सिकाइलाई व्यवहारमा रूपान्तरण गर्नु नै यस अवार्ड कार्यक्रमको मुख्य उद्देश्य रहेको डिजी स्कुलका अध्यक्ष अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए।

विद्यार्थीहरुले गत शैक्षिक सत्रमा आफ्नो  पाठ्यक्रममा आधारित भई तयार पारेका ‘मिड–इयर प्रोजेक्ट’ हरुलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको थियो । विद्यार्थीहरुबाट विभिन्न नवीन परियोजनाहरु मध्येबाट प्रत्येक कक्षाबाट एक–एक जना उत्कृष्ट विद्यार्थीलाई ‘कक्षागत विजेता’का रुपमा अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी, साझेदार विद्यालयहरुमा सक्रिय रूपमा सञ्चालित ‘डिजि क्लब’ का सदस्यहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने ५ जना विद्यार्थीहरुलाई समेत उनीहरूको योगदानको कदर गर्दै विशेष अवार्डद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा डिजी स्कुलका प्रमुख कार्यकारी अधिकृत सिईओ राजु बानियाले भने, ‘हामी केवल प्रविधिको ज्ञान मात्र दिँदैनौँ, विद्यार्थीहरूले सिकेका कुरालाई कसरी वास्तविक समस्या समाधानमा प्रयोग गर्न सक्छन् भन्ने कुरालाई प्रोत्साहन गर्छौँ, आजका विजेताहरू भोलीको डिजीटल नेपालका आधारशिला हुन्,।’

अभिभावकहरुले आफ्ना बालबालिकाहरूले प्रविधिको प्रयोग गरी निर्माण गरेका प्रोजेक्टहरू देख्दा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउने धारणा राखेका थिए । डिजी स्कुल ग्लोबलले आगामी दिनमा पनि सूचना प्रविधिको क्षेत्रमा यस्तै रचनात्मक र प्रयोगात्मक शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave Your Comment

Related News