CLI

प्रतिनिधि सभा र संयुक्त समितिका १२ सभापति चुनिए

काठमाडौं । प्रतिनिधि सभा र संयुक्त समितिका १२ सभापति चुनिए, अधिकांशमा रास्वपाका सांसदहरूले  जिते ।

प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए ।

सबै समितिका शुक्रबार बसेका बैठकमा सभापति छानिएका हुन् । प्रतिनिधि सभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल ।

महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भए । निर्विरोध भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।

प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी सांसद डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालबिच प्रतिस्पर्धा हुँदा शेरचन निर्वाचित भइन् ।

संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा)बिच प्रतिस्पर्धा भयो । कार्की निर्वाचित भए।

Leave Your Comment

Related News