CLI
Global College

चैतमा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौं ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा जाने २ लाख ९३ लाख २५७ जनालाई श्रम स्वीकृति दिएको छ। विभागको प्रशासन तथा योजना शाखाका अनुसार यो संख्या भनेको नयाँ श्रम स्वीकृति लिनेहरुको भन्दा धेरै हो।

श्रम विभागले चैत महिनाभरिमा वैदेशिक रोजगारीमा जानको लागि नयाँ १ लाख ९६ हजार ७७८ जना नेपालीलाई श्रम स्वीकृति दिएको छ।

व्यक्तिगत, मेनपावर, पुनःप्रवेश, जीटूजी तथा कानुनीकरण शीर्षकमा गरी चैतमा ५ लाख ८७ हजार ३२२ जनाले श्रम स्वीकृति लिएको विभागको प्रतिवेदनमा छ।

चैत महिनामा ठगिएको भन्दै विभागमा २१३ वटा उजुरी परेका थिए। तीमध्ये ११९ वटामा निर्णय भइसकेको विभागले जनाएको छ। २ वटा अभिमुखीकरण तालिम कम्पनीको लाइसेन्स रद्द गरिएको छ। लाइसेन्स नलिएका २ वटाको कारोबार बन्द गराएको छ।

 

Leave Your Comment

Related News