CLI

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार  सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसांयी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ९५ रुपैयाँले  बढेको छ । चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँ थियो ।

Leave Your Comment

Related News