CLI

मन्त्रीलाई आइफोन दिन लागेको भन्दै भ्रम छरियो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो भन्दै प्रश्न गरेका छन्।

मन्त्रीलाई आइफोन दिन लागिएको समाचार विभिन्न समाचार माध्यममा आएको थियो। आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उनले खण्डन गरेका हुन्।

‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो? साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला,’ उनले भनेका छन्।

सरकार हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको उनले बताएका छन्। नागरिकको करको पैसाको दुरूपयोग गर्न नदिने बताएका छन्।

‘जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौं,’ उनको भनाइ छ।

Leave Your Comment

Related News