CLI

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार  सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ३५ रुपैयाँले  घटेको छ । चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News