CLI

संसदीय समितिका नवनिर्वाचित १२ जना सभापतिहरूले भेटे सभामुख

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित १२ जना सभापतिहरूले सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । भेटमा सभामुख अर्यालले मिनी संसदको रूपमा रहने संसदीय समितिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिएका छन् ।

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भए पनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए ।

समिति सभापतिहरूले पनि आफूहरूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले पुराना असल अभ्यासहरूलाई निरन्तरता दिँदै नवीन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधिहरूलाई अघि बढाउने बताएका छन् ।

भेटमा प्रतिनिधिसभाका १० र संयुक्त दुईगरी १२ वटा समितिका सभापतिहरूको उपस्थिति रहेको थियो ।

Leave Your Comment

Related News