RE
Global College

रास्वपाद्वारा लेवी परिमार्जन, नयाँ दर स्वीकृत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  लेवी (सदस्यता शुल्क) परिमार्जन गर्ने निर्णय गरेको छ । सचिवालयको बैठकबाट गरिएको उक्त निर्णयलाई केन्द्रीय समिति बैठकले स्वीकृति दिएपछि नयाँ लेवी दरहरू लागू हुने भएका छन्।

नयाँ व्यवस्थाअनुसार पार्टीका विभिन्न तहका जिम्मेवार पदाधिकारीहरूको मासिक योगदान पुनः निर्धारण गरिएको छ। अब सांसदहरूले मासिक १५ हजार लेवी तिर्नुपर्नेछ। त्यस्तै, मन्त्रीहरूको लागि मासिक लेवी १८ हजार  तोकिएको छ। यस्तै, स्वकीय सचिवहरूको मासिक लेवी  २ हजार रुपैयाँ कायम गरिएको छ।

यस निर्णयले पार्टीको आन्तरिक आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित र स्पष्ट बनाउने अपेक्षा गरिएको छ। संगठन सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापन, जिम्मेवारीअनुसार योगदानको सन्तुलन तथा आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले यस्तो परिमार्जन गरिएको देखिन्छ।

NECO

Leave Your Comment

Related News