CLI

आयोजनाको काम नभए मान्छे र कानुन दुवै फेर्ने अर्थमन्त्रीको चेतावनी

काठमाडौं । अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये जम्मा २ वटा मात्र निर्माणको चरणमा जानु ‘लाजै मर्दो’ भएको बताउँदै विदेशी लगानी आएर पनि काम नहुनुमा निर्मम समीक्षा हुनुपर्ने उल्लेख गरे।

उनले परियोजनामा विदेशी लगानी स्वीकार गरेर पनि थप प्रगति नहुनुमा दोषी को हो भन्दै प्रश्न गरेका र काम रोकिनुमा जोसुकै दोषी भए पनि मान्छे भए मान्छे वा कानुन भए कानुन नै फेर्नुपर्ने अवस्था आएको भने ।

लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको भन्दै उनले तत्काल कम्तीमा १० वटा आयोजनामा प्रगति देखिनुपर्ने र केही ‘फेन्सी’ आयोजनाबारे पनि नयाँ ढंगले सोच्नुपर्ने बताए।

अब बस्ने १४औँ बैठकसम्म पनि समस्या समाधान भएर थप प्रगति नभए सरकार निर्मम भएर अघि बढ्ने उनको चेतावनी थियो।

सोही बैठकमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका विकास परियोजनाहरूको हालत अत्यन्तै दयनीय देखिएको टिप्पणी गरे।

उनले प्रगतिमा बाधक रहेका निकाय वा व्यक्ति जोसुकै भए पनि तत्काल पहिचान गरी समस्या सम्बोधन गरिनुपर्ने र अबका दिनमा कुन कारणले समन्वय हुन नसकेको हो भन्नेबारे कडा अनुगमन हुने स्पष्ट पारे।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य, अधिकार र हाल सहजीकरण भइरहेका आयोजनाहरूको अवस्थाबारे जानकारी गराभएका थिए। साथै, उनले यसअघिको १२औँ बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको अवस्थाबारे समेत स्पष्ट पारेका थिए।

Leave Your Comment

Related News