CLI

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका छन्

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख छ । प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानून व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा. कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

Leave Your Comment

Related News