काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको भाउ ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँ कायम भएको छ । सुनको भाउ बुधबार प्रतितोला ३ लाख ५०० रुपैयाँ थियो । चाँदीको भाउ भने प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।
सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?


