काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं व्यवसायी अध्यक्ष शेखर गोल्छाले अनुसन्धानका लागि प्रहरीले बोलाएमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई बिहीबार प्रहरीले सम्पर्कमा रहन भनेको हो। गोल्छा भैहरवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनलाई सम्पर्क गरी सरोकार राखेको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो। लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
प्रहरीले आफूलाई फोन गरेको बताउँदै उनले भने, आवश्यक परेमा म सहयोग गर्न तयार छु बोलाएको ठाँउमा आउने छु ।


