CLI

नेप्से सूचकमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, आज शुक्रबार नेप्से सूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेको छ । बजार ०.०५ प्रतिशतले बढेको छ । आज ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २१ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार झिनो अंकले बढ्दा ८८ वटा कम्पनीको बजार भाउ पनि बढेका छन् । १६७ वटाको घटेको छ । पाल्पा सिमेन्ट, शिखर पावर र माई खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा रिडी पावर रहेको छ । यसको २७ करोड ३८ लाख बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख, नेसनल हाइड्रोपावरको २४ करोड भन्दा धेरैको कारोबार भएको छ । १३ मध्ये ८ वटा उपसमूह घटेका छन् ।

Leave Your Comment

Related News