CLI

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवामा उच्च दक्षता प्रदर्शन गरेबापत जर्मनीको कमर्ज बैंक एजीबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

बैंकले जारी गरेको जानकारी अनुसार यो अवार्ड अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा उच्चस्तरीय स्वचालन (Straight Through Processing) कायम गर्दै छिटो, सुरक्षित र त्रुटिरहित कारोबार सम्पन्न गर्ने संस्थालाई प्रदान गरिन्छ। सीमित बैंकहरूले मात्र पाउने यस अवार्डले एनएमबि बैंकको प्राविधिक क्षमता र सेवा गुणस्तरलाई प्रतिबिम्बित गर्ने जनाइएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकलाई सरल र सहज अन्तर्राष्ट्रिय बैंकिङ सेवा उपलब्ध गराउने प्रयासको परिणामस्वरूप उक्त उपलब्धि हासिल भएको बताए। उनले उच्च मापदण्ड कायम राख्दै द्रुत र सुरक्षित सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

यस उपलब्धिसँगै एनएमबि बैंक अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा वित्तीय कारोबारका लागि विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनेको बैंकले जनाएको छ। हाल बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

Leave Your Comment

Related News