CLI

कोहली र पडिक्कलको अर्धशतकमा आरसिबीको‌ जित

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ।‌ शुक्रबार बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले १८.५ ओभरमा ५ विकेट गुमाएर २०६ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

त्यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ५८ बलमा उनले १० चौका र छक्कासहित १ सय रन बनाए। कप्तान शुभमन गिलले २४ बलमा ३२ रन र जोस बटलरले २५ रन जोडे। वासिङ्टन सुन्दर १९ र जेसन होल्डर २३ रनमा अविजित रहे। आरसिबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले समान १ विकेट।

लक्ष्य पछ्याउने क्रममा आरसिबीका विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट ब्याटिङ गरे। दुबैले अर्धशतक पूरा गरे। कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाए । पडिक्कलले २७ बलमा ६ छक्का र २ चौकासहित ५५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ९.५ ओभरमा १ सय १५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। टिम डेभिड १० र क्रुनाल पाण्डेयले नटआउट २३ रन जोडे।गुजरातका रशिद खानले २, मोहम्मद सिराज, होल्डर र मानव सुधारले‌ समान १ विकेट लिए। १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। गुजरात सातौं स्थानमा यथावत छ।

Leave Your Comment

Related News