CLI

सर्लाही नाकाबाट भारत तस्करी भएका चिनियाँ लसुन र बीउ भारतीय प्रहरीको नियन्त्रण

सर्लाही । सर्लाहीबाट भारततिर तस्करी गरी पठाइएको चिनियाँ सामानलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको सखुअवा र संग्रामपुर नाका हुँदै भारतमा तस्करी गरिएको चिनियाँ लसुन र चिनिया काँक्रोको बीउलाई भारतीय एसएबीले नियन्त्रणमा लिएको छ।

मधेश प्रदेश प्रहरी प्रमुखको घुमुवाको अडियो बाहिरिँदै गर्दा नेपालबाट भारततिर चाइनिज सामान तस्करी भएको र भारतीय एसएसबीले शुक्रबार नियन्त्रणमा लिएको छ।

भारतको सीतामढी जिल्लाको लालबन्दी नाकामा डिउटीमा रहेका भारतीय एसएसबिको टोलीले दुई महिन्द्रा बोलेरो पिकअपबाट चाइनिज लसुन र बिउ बरामद गरेको हो। बरामद गरिएको ६७ पोका लसुन १ हजार २०६ किलोग्राम रहेको बताइएको छ। यसै गरी एसएसबिले बरामद गरेको चाइनिज काँक्रोको बिउ ३ हजार ७२४ किलोग्राम भएको बताइएको छ।

तस्करीको चाइनिज सामानसहित एसएसबिले बोलेरो र दुई जना मानिसलाई आवश्यक कारबाहीको लागि सीतामढीकै सोनबरसा भन्सार कार्यालयलाई बुझाएको छ।

ठुलो परिमाणमा तस्करीको सामान नेपालसँगै सीमा जोडिएको भारतमा पक्राउ गर्नुले अझै पनि तस्करी भइरहेको देखाएको छ। तस्करीको लागि सर्लाही जिल्ला निकै बदनाम रहेको छ।

Leave Your Comment

Related News