CLI

वाशिंगटनमा गोलीकाण्ड: डोनाल्ड ट्रम्प सुरक्षित, शंकास्पद पक्राउ

काठमाडौं । वाशिंगटन डी.सीमा आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर बाहिर एक सशस्त्र व्यक्तिले गोली चलाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । घटनामा राष्ट्रपति ट्रम्प सुरक्षित रहेका छन् भने शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।

अधिकारीहरूका अनुसार आक्रमणकारीले सुरक्षा चेकपोइन्टतर्फ दौडिँदै गोली प्रहार गरेको थियो । घटनामा एक सुरक्षाकर्मी घाइते भए पनि उनको बुलेटप्रुफ भेस्टले ज्यान जोगाएको जनाइएको छ। कार्यक्रममा सहभागी अन्य सबै व्यक्तिहरू सुरक्षित रहेको पुष्टि गरिएको छ।

राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्पलाई पनि सुरक्षाकर्मीहरूले घेराबन्दी गर्दै सुरक्षित रूपमा बाहिर निकालेका थिए।घटनापछि एफबीआईले अनुसन्धान तीव्र बनाएको छ । एफबीआई निर्देशक काश पटेलले घटनाका साक्षीहरूलाई अगाडि आउन आग्रह गरेका छन् ।

जिनिन पिरोका अनुसार आरोपितमाथि हिंसात्मक अपराधमा बन्दुक प्रयोग तथा संघीय अधिकारीमाथि आक्रमण गरेको अभियोग लगाइनेछ । राष्ट्रपति ट्रम्पले घटनापछि प्रतिक्रिया दिँदै आक्रमण इरानसँग सम्बन्धित नभएको आफूलाई लाग्ने बताएका छन्। यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँग दबाबमा वार्ता नगर्ने बताएका छन्।

प्रारम्भिक विवरण अनुसार शंकास्पद व्यक्ति क्यालिफोर्नियाका एक ३१ वर्षीय पुरुष हुन् र उनीसँग शटगन, ह्यान्डगन तथा अन्य हतियारहरू रहेका थिए । घटनापछि उक्त वार्षिक कार्यक्रम रद्द गरिएको छ र ३० दिनभित्र पुनः आयोजना गरिने जनाइएको छ। अधिकारीहरूले घटनाको वास्तविक उद्देश्य अझै खुल्न बाँकी रहेको बताएका छन्।

Leave Your Comment

Related News