काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९९ हजार २ सय रुपैयाँमा कारोबर भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ५० रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।


