CLI

नास आइटी प्रि-बजेट छलफल : अबौंको निर्यात लक्ष्यको राखिने आइटी क्षेत्रमा करको दर स्थिर राख्न सुझाव

काठमाडौं । नेपाल एशोसिएसन फर सफटवेयर एण्ड आइटी सर्भिस कम्पनी (नास आइटी) ले सूचना प्रविधि (आइटी)   क्षेत्रमा सरकारले लगाउने कर स्थिर हुनुपर्ने जनाएको छ । सरकारले आइटी क्षेत्रबाट अबौं तथा खबौंको निर्यातको लक्ष्य राखेको हुँदा यस क्षेत्रमा स्थिर कर गर्नुपर्ने नास आइटीले बताएको हो ।

काठमाडौं बानेश्वरमा आइतबार गरिएको पत्रकार सम्मेलनको क्रममा नास आइटीका उपाध्यक्ष दिपेन चापागाईंले सरकारले पछिल्ला वर्षहरुमा आइटी सेवामा करको दर हेरफेर गर्दा समस्या भएको बताए । ‘हरेक वर्ष आइटी उद्योगहरुमा हुने कर परिवर्तनले गर्दा यस क्षेत्रमा लगानी गर्ने वातावरण बन्न सकेन,’ उनले भने , ‘पछिल्ला वर्षहरुमा बजेट भाषणमार्फत् यस क्षेत्रमा हुने कर परिवर्तनले गर्दा समस्या भएको छ । लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्न नसकेको अस्था रहेको छ यो समस्यालाई वर्तमान सरकारले समाधान गर्नुपर्ने आवश्यक रहेको छ ।’

यस क्षेत्रका लागि सरकारले स्थिर करको नीति लिएमा लगानी धेरै आउने उपाध्यक्ष चापागाईंको भनाई छ । ‘आइटीमा कर स्थिर हुनुपर्छ अनि लगानीकर्ताहरुले प्रशस्त लगानी गर्छन्,’ उनले भने,‘स्थिर कर नीति भएमा यस क्षेत्रमा लगानी बढाउने छन् र निर्यात समेत बढ्ने छ । यसको लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् व्यवस्था गर्न सक्नेछ । ’

हाल आइटी क्षेत्रमा लगानीको वातवरण बन्द गएको छ । यसअघि आइटी कम्पनीहरुमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो खोज्ने गरेकोमा हाल त्यो अवस्था मुक्त भएको नास आइटीका अधिकारीहरुले बताए । ‘आइटी कम्पनीमा लगानीका लागि हाल धितो खोज्ने प्रचलन छैन अर्थात् परियोजना नै धितोको रुपमा स्वीकार गर्ने अवस्था आइसकेको छ,’ उपाध्यक्ष चापागाँईले भने,‘ पहिला आइटी कम्पनीलाई कर्जा नदिने र कर्जाका चाहेमा धितो राख्नुपर्ने अर्थात् अन्य व्यवसायले जस्तै धितो राख्नुपर्ने अवस्था रहेको थियो । हाल त्यसमा सुधार भएको छ ।’
आइटी सेवा निर्यात गरेर अर्बौं कमाउने लक्ष्य राख्ने सरकारले त्यो अनुरुप वातावरण तयार गर्नुपर्ने बताएका छन् । हामीले दिने आइटी सेवा विश्वमा गुणस्तरीय रहेको छ जसले गर्दा हाल पनि करोडौं कमाइ रहेको अवस्था छ त्यसैले सरकारले त्यसलाई सहजीकरण तथा उचित वातवरण बनाउनु आवश्यक रहेको छ ।

नास आइटीका अध्यक्ष गौरव राज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले आइटी क्षेत्रमा लगानीमैत्री वातवरण बनाउन आवश्यक रहेको बताए । उनले आइटी सेवा नेपालमा बसेर अमेरिका देखि लिएर विश्वको कनुैपनि स्थानमा दिन सक्ने हुँदा सरकारले उपयुक्त वातवरण बनाई यसको विकास गर्नुपर्ने बताए । हामीले कति गुणस्तरीय सेवा दिन सक्छौं त्यसमा आइटीका उत्पादनमार्फत् भरपर्ने हो,’ उनले भने,‘सरकारले आइटीका लागि लगानीमैत्री वातवरण बनाइ दिएमा हामी अन्य उत्पादकसँग समेत प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालले आइटी क्षेत्रबाट करिब २ खर्बको निर्यात गर्दै आएको छ भने अघिल्ला सरकारले आगामी १० वर्षमा ३० खर्बको आइटी सेवा निर्यात गर्ने लक्ष्य समेत राखेको छ ।

Leave Your Comment

Related News