CLI

केन्द्रीय अनुसन्धान ब्युरोद्वारा इ-जीपी प्रणालीमा अनियमितता गर्ने २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले e-Government Procurement (e-GP) प्रणालीमा अनधिकृत पहुँच पुर्याई टेण्डर सम्बन्धी कागजात हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) मा परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा टेण्डर खोलिनुभन्दा अगावै आर्थिक प्रस्तावसम्बन्धी कागजातमा परिवर्तन गरिएको पाइएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा स्वदेश पोखरेल र प्रकाश डुङ्गाना रहेका छन्। पोखरेल इन्नोभेटिभ कम्पनीसँग आबद्ध इन्जिनियर तथा लेखापालका रूपमा कार्यरत रहेको बताइएको छ भने डुङ्गाना एक निर्माण कम्पनीका सञ्चालक हुन्।

ब्युरोका अनुसार उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। हाल यस घटनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सरकारी डिजिटल प्रणालीमा हुने यस्ता गतिविधिले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र विश्वसनीयतामा असर पार्ने भएकाले कडाइका साथ अनुसन्धान अघि बढाइएको जनाएको छ।

Leave Your Comment

Related News