काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायम (कामु) प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गरेको हो । सोही बैंठकले सापकोटालाई सीइओ नियुक्त गरेको सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले इक्विटी नेपाललाई बताए ।
सीडीएससीको सीईओमा कञ्चन सापकोटा


