CLI

यातायात कार्यालय ठूलो भर्याङले भन्यो-लाइसेन्स लिनको लागि बिहानदेखि आएर लाइन बस्नुपर्दैन

काठमाडौं । यातायात कार्यालय ठुलोभर्याङले लाइसेन्स लिनका लागि बिहान देखि आएर लाइन नबस्न आग्रह गरेको छ । कार्यालयले सेवाग्राहीहरूलाई बिहान ७–८ बजेदेखि नै कार्यालय बाहिर लाइन नबस्न आग्रह गरेका हो ।

लाइसेन्स लिनका लागि कार्यालयको हालको कार्यबोझ अनुसार त्यसरी बिहानैदेखि लाइन बस्नुपर्ने आवश्यकता नरहेको कार्यालयले जनाएको छ। सामान्यतया दिउँसो १ बजेसम्ममा सबै सेवाग्राहीको काम सकिएर कार्यालयको भीड कम भइसक्ने गरेको छ।

सोमबारबाहेक अन्य दिनमा भीड कम हुने र बैंक ४ बजेसम्म तथा कार्यालय ५ बजेसम्म खुल्ने भएकाले, बिहानै आएर सास्ती भोग्नुको सट्टा समय व्यवस्थापन गरी दिउँसोको फुर्सदिलो समयमा सहज रूपमा सेवा लिन कार्यालयले अनुरोध गरेको हो ।

Leave Your Comment

Related News