RE
Global College

सानिमा बैंक र फिनतारा सोलुसन्स बीचको सहकार्यमा ०% इएमआइ सुविधा सुरुवात 

काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक 0% ब्याजमा EMI सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रा. लि. सँग सहकार्य गरेको छ। 

यस सहकार्य अन्तर्गत, बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म 0% ब्याजमा EMI सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने छ । 

यस पहलले उच्च मुल्यका सामाग्रीहरुलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकहरुलाई बिना ब्याज किस्ताबन्दी मार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ । 

सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Leave Your Comment

Related News