CLI

सुनचाँदीको भाउमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । मंगलबाट सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी तोलामा १ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो।

Leave Your Comment

Related News