CLI
Global College

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा करिब ५० प्रतिशत बढ्यो, ९ महिनामा कमाए साढे ५ अर्ब नाफा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा व्यापक सुधार देखिएको छ । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तेस्रो त्रैमाससम्म ५ अर्ब ५० करोड ३५ लाख नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशत धेरै हो । गत वर्षको चैतमा बैंकहरुले ३ अर्ब ६९ करोड खुद नाफा आर्जन गरेका थिए ।

ब्याज खर्च घटेको कारण यी बैंकको खुद ब्याज आम्दानी बढेको छ। साथै, केही बैंकहरुको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा कम छ । त्यसैले पनि नाफाका सुधार आएको हो । ९ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक अगाडि छ । यसले १ अर्ब ४ करोड नाफा कमाएको छ ।

दोस्रोमा, मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख, शाइन रेसुंगाले ७८ करोड ८४ लाख, ज्योति विकासले ६२ करोड ९४ लाख, कामना सेवाले ५८ करोड ८६ लाख, लुम्बिनी विकासले ५६ करोड १६ लाख नाफा कमाएको छ ।

त्यस्तै, सांग्रिला डेभलपमेन्टले ४८ करोड ४५ लाख र महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख नाफा कमाएको छ ।
रिपोर्ट अनुसार सबैं बैंकहरुको नाफा गत वर्षको तुलनामा बढेको छ । सबैभन्दा धैरै लुम्बिनीको नाफा १ हजार प्रतिशतले बढेको छ ।

Leave Your Comment

Related News