CLI
Global College

सेवा र निर्माण क्षेत्रको मिश्रित योगदान: अधिकांश उपक्षेत्रमा मध्यम वृद्धि, केहीमा सुस्तता

काठमाडौं । नेपालको अर्थतन्त्रका विभिन्न सेवा तथा निर्माणमूलक उपक्षेत्रहरूमा आर्थिक वर्ष २०८२/८३ का लागि मिश्रित वृद्धिदर र योगदानको अनुमान गरिएको छ। अधिकांश क्षेत्रहरूमा मध्यम वृद्धि देखिए पनि केही क्षेत्रमा सुस्तता कायम रहने देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलाप क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनमा ०.४० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर २.०५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने २०८०/८१ मा १.२७ प्रतिशत कायम भएको थियो।

निर्माण क्षेत्रमा २०८२/८३ मा ५.५२ प्रतिशत GDP योगदान रहने र २.२१ प्रतिशत वृद्धिदर हुने अनुमान छ। पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नहुनु र निर्माण सामग्री आयातमा सीमित सुधारका कारण वृद्धिदर सीमित रहने देखिएको छ। २०८१/८२ मा ०.९६ प्रतिशत र २०८०/८१ मा ऋणात्मक (-२.२० प्रतिशत) वृद्धिदर रहेको थियो।

थोक तथा खुद्रा व्यापार तथा सवारी मर्मत सेवा क्षेत्रमा १४.०९ प्रतिशत GDP योगदान र ४.५१ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ। यस क्षेत्रमा व्यापारिक आयात तथा आन्तरिक उत्पादन दुवैमा सुधार देखिएको छ। २०८१/८२ मा वृद्धिदर ३.८८ प्रतिशत र २०८०/८१ मा -०.३१ प्रतिशत रहेको थियो।

यातायात तथा भण्डारण क्षेत्रमा ७.२३ प्रतिशत GDP योगदान र ५.७९ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ। पर्यटक आगमन, सवारी आयात र व्यापार विस्तारले यस क्षेत्रलाई टेवा दिएको छ। २०८१/८२ मा ७.०७ प्रतिशत र २०८०/८१ मा १३.४३ प्रतिशत वृद्धिदर कायम भएको थियो।

आवास तथा भोजन सेवा क्षेत्रमा २.४४ प्रतिशत GDP योगदान र ३.१२ प्रतिशत वृद्धिदरको अनुमान छ। पर्यटन विस्तारले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। २०८१/८२ मा ४.६१ प्रतिशत र २०८०/८१ मा २१.०३ प्रतिशत वृद्धिदर रहेको थियो।

सूचना तथा सञ्चार क्षेत्रमा १.९३ प्रतिशत योगदान र ५.५३ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ। इन्टरनेट, प्रोग्रामिङ र दूरसञ्चार सेवामा विस्तारले यसलाई टेवा दिएको छ।

वित्तीय तथा बीमा क्षेत्रमा ६.७२ प्रतिशत GDP योगदान र ९.१६ प्रतिशत वृद्धिदर हुने अनुमान छ। बैंकिङ, बीमा तथा कोष व्यवस्थापनमा भएको विस्तारले वृद्धि कायम राख्ने अपेक्षा छ।

घरजग्गा कारोबार क्षेत्रमा ८.०७ प्रतिशत योगदान र २.६९ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ भने पेशागत, वैज्ञानिक तथा प्राविधिक सेवामा ०.९५ प्रतिशत योगदान र ३.२७ प्रतिशत वृद्धिदर रहने देखिएको छ।

त्यसैगरी, प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रमा ०.७४ प्रतिशत योगदान र ४.५२ प्रतिशत वृद्धिदरको अनुमान गरिएको छ।

 

Leave Your Comment

Related News