RE
Global College

सार्वजनिक यातायातको भाडा सरकारले फेरि बढायो

काठमाडौं ।   सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार मंगलबार  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हो  । मंगलबार  मन्त्रीको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेको उनले बताए ।

विभागका अनुसार यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा बुधबारदेखि नै लागू हुने गरी वृद्धि गरिएको हो।

विभागका अनुसार डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसामा यही वैशाख ३ मा प्रतिलिटर ५५ रुपैयाँ बढेर औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा कायम हुन आएको र यसरी कायम भएको मूल्यवृद्धि गत चैत २५ मा भएको भाडा समायोजनको समयमा रहेको डिजेलको औसत बजार मूल्यभन्दा ३०.४१ प्रतिशतले वृद्धि भएकोले भाडा बढाउनुपरेको हो।

भाडा बढाउन १२ गते नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई सैद्धान्तिक सहमति दिएको थियो। यद्यपि विद्युतीय सवारीको हकमा भाडा नबढ्ने विभागले उल्लेख गरेको छ।

NECO

Leave Your Comment

Related News