CLI

अध्यादेशबारे आज राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्दै, संविधानविद्हरूलाई शीतल निवास बोलाइयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ल्याएका अध्यादेशहरुबारे परामर्श सुरु गरेका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे कानून व्यवसायीहरुसँग छलफल गर्न लागेका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजको छलफलमा वरिष्ठ कानून व्यवसायीहरु शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसी, ललित बस्नेतलाई छलफलमा बोलाइएको छ ।

सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग गरेका छन् ।

 

Leave Your Comment

Related News