CLI

त्रिविका पदाधिकारीले दिए सामुहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन जना शीर्ष पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार उपकुलपति प्रा। डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा.केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका हुन् ।

शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ ।

सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी अध्यादेश नै ल्याउन लागेपछि पदाधिकारी राजीनामा दिइएको हो ।

Leave Your Comment

Related News