CLI

५.७३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । विहिबार नेपाल सट्क एकसेञ्ज (नेप्से) ५.७३ अंकले घटेको छ । बजार २७३८.७२ विन्दुमा पुगेरा बन्दा भएको छ । ३४६ वटा कम्पनीको ८० हाजर ४२७ पटक्को कारोबार १ करोड ९ लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकम भने ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार कारोबार रकम ४ अर्ब ९८ करोड ६२ लाख रुपेयाँ थियो ।

सेन्सेटिभ इण्डेक्स ०.०७ अकं घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.०१ अंकले घटेको छ ।

यस दिन ११ वटा उप समूह घटेका छन् भने २ उप समूह बढेका छन् । विकास बैंक ०.४८ प्रतिशतले,  वित्त ०.२०, होटल्स तथा पर्यटन समूह ०.०४, जलविद्युत ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युअुचल फण्ड ०.५२ निर्जीवन बीमा ०.०२ र व्यापार समूह ०.६३, अन्य समूह ०.९७ प्रतिशतले घटेका छन् । बैंकिङ ०.०२ र उत्पादन र प्रशोधन ०.८४ प्रतिशतले बढेको छ।

यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको १२.५७ प्रतिशत बढेको छ।  दिन शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावर करिब ८ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको  २१ करोड ९१ लाख  रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम १९ करोड ३० लाख रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News