CLI

अध्यादेश र बालेन्द्र सरकारलाई सहयोग गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा दिएका हुन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।
उनीहरुले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छन् ।

नयाँ सरकारलाई काम गर्न सहजहोस् भन्ने उद्देश्यले उनीहरुले राजीनामा गरेका हुन् ।

उनीहरुले राजीनामा दिए सँगै सरकारलाई सहयोग हुनुको साथै र अध्यादेश ल्याउने बाटो खुला गरेको हुन सक्ने सरोकारवालाहरु बताउछन् । छिटो काम गर्नका लागि अध्यादेश ल्याउनु परेको रास्वपा सभापति रवि लामिछानेले सार्वजनिक रुपमा भनेको समयमा कुलपतिहरुको राजीनामा आएको हो ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।

प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई मार्ग प्रशस्त गर्न भनेको थियो ।

करिब दुई तिहाई नजिक रहेको रास्वपाले अध्यादेश जारी गर्न लागेको छ । राष्ट्रपति समक्ष सिफारिस गरिएको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको छ ।

 

Leave Your Comment

Related News