काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको तेस्रो त्रैमासम्म ८५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको चैत मसान्तसम्म कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालन आम्दानी ५ अर्ब ३५ करोड ८३ लाखबाट बढेर ५ अर्ब ७१ करोड पुगेको छ ।
बिक्री लागत घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १७ करोड २७ लाख रुपैयाँ रहको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३०.७८ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ रहेको छ।



