RE
Global College

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: ‘साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार बिहान उनले बुद्धको बचनहरू उद्धृत गर्दै सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन् । उनले बुद्धले दुःख निवारणको बाटो देखाएको चर्चा गर्दै उज्यालोको अभाव नै अँध्यारो भएको बताएका छन्।

‘जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,’ बालेनले सामाजिक सञ्चाल फैसबुकमा लेखेका छन्, ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।’

शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गरेका छन् । ‘बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ,’ उनले भनेका छन्, साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।’

NECO

Leave Your Comment

Related News