CLI

साताभर सुनको मूल्य ४०० रुपैयाँले घट्यो, कुन दिन कतिमा कारोबार ?

काठमाडौं । यो हप्ताभर सुनको मूल्यमा त्यति धेरै उतारचढाव देखिएन् । साताभर सुनको मूल्य ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, गत बैशाख ११ गते शुक्रबारको तुलनामा बैशाख १८ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ४०० रुपैयाँले घटेको हो । गत बैशाख ११ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज बैशाख १८ गते शुक्रबारसम्म आइपुग्दा ४०० रुपैयाँले घटेर उक्त दिन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, बैशाख १३ गते आइतबार नेपाली बजारमा सुनको मूल्य ३ हजार रुपैयाँ प्रतितोला बढेर उक्त दिन २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख १४ गते सोमबार एकैदिन एक हजार रुपैयाँले बढेर त्यसदिन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

गत बैशाख १५ गते मंगलबार भने सुनको मूल्य घटेको छ । बघिल्लो दिनको तुलनामा त्यस दिन ३ हजार रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख १६ गते बुधबार पनि पुनः ३ हजार रुपैयाँले घटेको सुनको मूल्य उक्त दिन २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, बैशाख १७ गते बिहीबारको दिनमा पनि सुनको मूल्य घटेको देखिन्छ । उक्त दिन अघिल्लो दिनको मूल्यको तुलनामा १८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपेयाँमा कारोबार भएको महासंघले जनाएको छ । समग्रमा यो साताभर सुनको मूल्यमा त्यति बढी उतारचढाव नआए पनि ४०० रुपैयाँले घटेको देखिन्छ ।

Leave Your Comment

Related News